दफा
आयोगको बैठक
  (१) संविधान, यो ऐन र अन्य प्रचलित कानून बमोजिम आयोगले गर्नु पर्ने सबै काम आयोगको बैठकबाट निर्णय भए बमोजिम हुनेछ ।
(२) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा उपस्थित सदस्यहरूमध्ये वरिष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(३) आयोगको सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा आयोगको बैठक बस्न सक्नेछ ।
(४) आयोगको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) आयोगको निर्णय आयोगको सचिवले प्रमाणित गर्नेछ ।
(६) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफेेेले निर्धारण गरे बमोजिम हुनेछ ।